बंगालको बिजुली काटियो
दार्जीलिङ २९ असार । भारतको दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको प्रभाव अब प्राकृतिक स्रोत साधनको वितरणमा समेत देखिन थालेको छ । आन्दोलनकारीहरुले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरिदिएका छन् । आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना–३ मा तालाबन्दी गरेर बुधबारदेखि विद्युत आपूर्ति बन्द गरिदिएका हन् । परियोजनाका सवारी चालकहरुले हाकिमलाई साँचो बुझाउँदै सवारी साधनसमेत नचलाउने बताएका छन् ।
टिस्टा–३ जलविद्युत परियोजनाबाट १३२ मेघावाट विद्युत उत्पादन हुँदै आएको छ । यो विजुली पश्चिम बंगाल लगायत भारतका विभिन्न ठाउँमा खपत हुन्छ । आन्दोलनकारीहरुले गोर्खाल्याण्ड प्राप्त नभएसम्म विद्युत गृह सञ्चालनमा आउन नदिने बताएका छन् । साथै टिस्टा–४ जलविद्याु्त आयोजनामा पनि तालाबन्दी गर्ने आन्दनलनकारीले चेतावनी दिएका छन् । गत वर्ष भारतमा चर्किएको जाटहरुको आन्दोलनमा हरियाणाबाट जाने दिल्लीको पानीको मुहान थुन्ने प्रयास भएको थियो । त्यसबेला सेना परिचालन गरेर पानीको हडताल असफल पारिएको थियो ।