राजीनामा बीनै एडीबीको जागिरमा मुख्यसचिव

भक्तपुर न्यूज

२९ असार २०७४ २:००

राजीनामा बीनै एडीबीको जागिरमा मुख्यसचिव

काठमाडौं, २९ असार। मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक एडीबीको वैकल्पिक कार्यकारी निर्देशक पदमा जागिर खान लागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सन बढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागिरमा जान लागेका हुन् ।

उनी साउन १ गतेदेखि पद सम्हाल्न एडीबीको मुख्यालय फिलिपिन्सको मनिला जाँदै छन् । सुवेदीको पेन्सन बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषदसमेत सहयोगी बनिदिएको स्रोतले जनायो । देउवा र मन्त्रिपरिषद्ले एडीबीमा जागिर खान जान लागेका सुवेदीको राजीनामा माग्नुको सट्टा उनको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिदिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *