किसानलाई आधुनिक कृषि उपकरण वितरण

भक्तपुर न्यूज

२८ असार २०७४ १०:५७

किसानलाई आधुनिक कृषि उपकरण वितरण

भक्तपुर, २८ असार । भक्तपुरका किसानलाई आधुनिक कृषि उपकरणहरु वितरण गरिएको छ । राष्ट्रिय पुर्नः निर्माण कोष कार्यक्रम अन्र्तगत जिल्ला कृषि विकास कार्यलयले बुधबार विभिन्न सात प्रकारका सामग्री कृषि विकास मन्त्रालयका सचिव सरोज पौडेलले एक समारोहको बिच वितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै सचिव पौडेलले भने ‘आधुनिक कृषि उपकरणबाट किसानहरुलाई काम गर्न सहज हुने बताएका छन् । सरकारले कृषिक्षेत्रको विकास लागि हरेक क्षेत्रमा अनुदानको व्यवस्था गरेको समेत उनले बताए ।  मिनि टिलर १ सय ३ थान, मकै छोडाउने विद्युतीय मेशिन १ सय २१ थान, धान÷गहुँ झार्ने थे्रसर ९४ थान, थोपा सिचाई गर्ने ट्याकी ६४ थान, प्लास्टिक पोखरी ६० थान, हर्मेटीक भण्डारण व्याग १ हजार ७ सय ४२ थान वितरण गरीएको कार्यालयकी प्रमुख पुर्ण ढुंगानाले जानकारी दिएकी छिन् ।

जसमा मिनि टिलर, मकै छोडाउने विद्युतीय मेशिन, धान÷गहुँ झार्ने थे्रसर, थोपा सिंचाई गर्ने ट्याकी र प्लास्टिक पोखरी ९० प्रतिशत अनुदानमा वितरण गरीएको उनले बताइन् । हर्मेटीक भण्डारण व्याग सतप्रतिशत अनुदानमा वितरण गरीएको छ ।  आधुनिक कृषि उपकरणबाट व्यक्ति, सहकारी, कृषक समुह, कृषि फर्म गरी १ सय ६० लाई वितरण भएको छ । राष्ट्रिय पुर्नः निमार्ण कोष कार्यक्रम अन्र्तगत करिव २ करोड ९ लाख ५० हजार मुल्य बराबरको रहेको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *