गायक बृद्धिकृष्णलाई ओलीको सहयोग
काठमाडौं, २८ असार । गायिका कोमल ओलीले वरिष्ठ गायक बुद्धिकृष्ण लामिछानेलाई आर्थिक सहयोग गरेकी छन् । लामो समयदेखि विरामी रहेका गायक लामिछानेलाई गायिका ओलीले उनको निवास भक्तपुरको बागेश्वरीमा पुगेर सहयोग गरेकी हुन् । विगत १० बर्षदेखि विरामी भएका लामिछानेको दाहिने भागमा प्यारालाइसिस भएको छ । उनको हाल आफ्नै निवासमा उपचार भैरहेको छ ।
गायक लामिछानेका ‘घाँस काट्ने खुर्केर, आयो जोबन हुर्केर’, ‘गाई त बाध्ने पाटको दाम्लो’, ‘बाखरी बाँध्ने डोरीले, मैले के गर्नु’,‘‘पिँडिमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ जस्ता गीतहरु अहिले पनि चर्चित छन् । गीत संकलक समेत रहेका उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७