सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, २८ असार । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५२ हजार ८ सय रुपैयाँ रहेको सुन आज ४ सय रुपैयाँले बढेर ५३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि १० रुपैयाँले बढेको छ । हिजो ७ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ७ सय १५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
