नगरपालिकाको बृक्षरोपण अभियानमा स्थानीयको विरोध
भक्तपुर, २८ असार । सुर्यविनायक नगरपालिकाले नगर क्षेत्रलाई हरियाली बनाउनका लागि एक घर एक विरुवा अभियान अन्र्तगत नागरिकको घरदैलोमै विभिन्न जातका बृक्षरोपण गर्ने काम शुरु गरेको छ । तर नगरपालिकाको यो अभियानसँग स्थानीयबासीको विरोध पनि देखिएको छ ।
सामुदायिक वनको पैसाले व्यक्तिका घरमा विरुवा लगाउनु नहुने भन्दै केही स्थानीयले यो अभियान अन्र्तगत सार्वजनिक स्थलमा विरुवा लगाईनुपर्ने भन्दै विरोध पनि शुरु गरेका छन् । सार्वजनिक स्थानमा वृक्षरोपण गर्दा विरुवा जोगाउन कठिन हुने भन्दै नगरपालिकाले हरेक व्यक्तिको घरआँगनमा वृक्षरोपण गर्न लागेको नगरपालिकाले जनाएको छ । नगरमा निर्वाचित भए लगत्तै सुर्यविनायक जगाती सडक सफा र फराकिलो पार्ने काममा सक्रियाता देखाएको नगरपालिकाले सुर्यनिायक बजारको फोहोर व्यवस्थापनका साथै अहिले आएर घरदैलोमै रुप खोप्ने अभियान शुरु गरेको नगरपालिकाको भनाई छ ।
सुर्यविनायक नगरपालिका वडा नंम्वर ८ नयाँ बस्तीमा सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले ब्यक्तिका घरमा वृक्ष रोपण गरेर बुधबारदेखि उक्त अभियानको थालनी गरेका छन् । यसैबस्तीका केही स्थानीयले भने उक्त कामको चर्को विरोध गरिरहेका छन् ।
मेयर समेत सहभागी कार्यक्रममा कुनै ब्यक्तिको घरमा गएर वृक्षरोपण गर्नु अनुपयुक्त भएको स्थानिय वोज वहादुर थापाले बताएका छन् । बृक्षरोपणको निहुँमा एउटा व्यक्तिको कम्पाउन्ड भित्र कार्यक्रम राख्नु नकारात्मक भएको भन्दै उनले सार्वजनिक स्थानमा उक्त कार्यक्रम गर्नु पर्ने सुझाव पनि दिएका छन् ।
उक्त कार्यक्रममा सामुदायिक वनका कसैलाई पनि जानकारी नहुनु अचम्मको कुरा भएको भन्दै उनले नगरपालिकाको मनपरीपप्रति आक्रोश समेत पोखेका छन् । बुधबार आज विहान स्थानिय एक नागरिकको बगैंचामा मेयर थापा, उप मेयर जुना बस्नेत , वडा अध्यक्ष किरण थापा सहितका सहभागीले विरुवा रोपेर उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।
सुर्यविनायक सामुदायिक वन , सेतीदेवी सामुदायिक वन , तौडोल छाप सामुदायिक वनको एक लाख ९५ हजार रुपैयाँ रकमान्तरण गर्दै नगरपालिकाले एक घर एक विरुवा नीति ल्याएको छ । यसको समेत स्थानीय तहबाट विरोध भएको छ । सामुदायिक वनको पैसालाई यसरी रकमान्तरण गरि एक घर एक रुखको अवधारण ल्याएको राम्रो भएपनि उक्त अभियान एउटा नागरिकको घरमा नभई सार्वजनिक स्थलमा गर्नुपर्ने आवाज उठ्नु स्व्भाविकै भएको स्थानीय बताउँछन् ।
यता वृक्षरोपण सार्वजनिक स्थलमा गर्दा कसैको चासो पनि नजाने र जोगाउन कठिन भएका कारण ब्यक्तिको घरमा नै उक्त वृक्षरोपण कार्यक्रम गरिएको सामुदायिक वन उपभोक्ता महांसघंका भक्तपुर अध्यक्ष रामेश्वर वोहरा बताए । सुर्यविनायक नगरपालिका वन र वातावरणको नामको बजेटलाई रकमान्तरण गर्दै नगरपालिकाले एक घर एक रुखको नीति अवलम्वन गरेको मेयर बासुदेव थापाले वताए ।