भारतीय टिमका प्रशिक्षकमा रवि शास्त्री नियुक्त

भक्तपुर न्यूज

२८ असार २०७४ ३:०८

भारतीय टिमका प्रशिक्षकमा रवि शास्त्री नियुक्त

काठमाडौं, २८ असार । भारतीय क्रिकेट टिमका टिमका मुख्य प्रशिक्षकमा पूर्व अलराउन्डर रवि शास्त्री नियुक्त भएका छन्। सन् २०१९ को विश्वकपसम्म भारतीय टिमका रहने गरी उनी मुख्य प्रशिक्षकमा नियुक्त भएको बिसिसिआईले जनाएको छ।

यसैगरी जाहिर खान बलिङ र राहुल द्रविड ब्याटिङ प्रशिक्षकमा रुपमा नियुक्त भएका छन्। च्याम्पियन्स ट्रफिको फाइनलमा पाकिस्तानसँग पराजय बेहरोरेसँगै प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएका थिए। बिसिसिआईले मंगलबार राति रवि शास्त्रीलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनीसँगै पाँचजना प्रशिक्षकको लागि छनोटमा समावेश थिए। विरेन्द्र सेहवाग, टम मुड्डी, रिचार्ड पेयवस र लालचन्द राजपुत पनि प्रशिक्षकको दौडमा थिए।

५५ वर्षिय शास्त्रीले भारतबाट ८० टेष्ट र १ सय ५० एक दिवसीय खेलेका छन् । उनले टेष्टमा ३ हजार ८ सय ३० रन बनाएका छन् भने १ सय ५१ विकेट लिएका छन्। यस्तै एक दिवसीयमा ३ हजार १ सय ८ रन बनाउनुका साथै १ सय २९ विकेट लिएका छन् । यसअघि सन् २०१४ देखि १६ सम्म भारतीय टिमका डाइरेक्टरका रुपमा समेत रहेका शास्त्री विशेष गरी सन् १९९५ देखि क्रिकेट कमेन्टेटरका रुपमा चिनिएका थिए। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *