प्रचण्ड आज थाइल्याण्ड जाँदै

भक्तपुर न्यूज

२८ असार २०७४ २:५०

प्रचण्ड आज थाइल्याण्ड जाँदै

काठमाडौँ, २८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि बुधबार आज थाइल्याण्ड जाने भएका छन् ।

यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

अध्यक्ष दाहाल आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको उनको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *