९ केजी सुन सहित एकजना पक्राउ

भक्तपुर न्यूज

२८ असार २०७४ २:४६

९ केजी सुन सहित एकजना पक्राउ

काठमाडौं, २८ असार । काठमाडौंको सितापाईलाबाट ९ केजी सुन सहित एकजना पक्राउ परेका छन् । मंगलबार साँझ ९ ओटा सुनका बिस्कुट सहित साईमन सोनामलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिए । सोनामले उक्त सुन केरुङ नाकाबाट रसुवा हुँदै काठमाडौं ल्याएको बताईएको छ ।

 यसैबिच, प्लाष्टिकको चामल बिक्री वितरणमा संलग्न टंक शेरचनलाई पनि प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ काठमाडौंको सानोभ¥याङ बाट शेरचनलाई नियन्त्रणमा लिईएको एसएसपी जोशीले जानकारी दिए । चिन र भियतनाममा बनेको आरसिटी ब्राण्डको नक्कली चामल विक्री वितरणमा संलग्न शेरचन बारे थप अनुसन्धान भईरहेको एसएसपी जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *