गर्भवती श्रीमतीको हत्या

भक्तपुर न्यूज

२७ असार २०७४ ९:१४

गर्भवती श्रीमतीको हत्या

रुकुम २७ असार । रुकुममा हालैको निर्वाचनबाट दलित वडा सदस्य पदमा निर्वाचित भएकी एक महिलाको उनकै श्रीमानले हत्या गरेका छन् । उनी ९ महिनाकी गर्भवतती थिइन् । असार १४ गते भएको स्थानीय चुनावमा रुकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ७ की दलित वडा सदस्यको रुपमा नेपाली कांग्रेसबाट निर्वाचित २८ वर्षीय बयानसरी कामीको हत्या भएको हो ।

घरायसी विवादमा ३८ वर्षीय टेक बहादुर कामीले गर्भवती श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेको रुकुम प्रहरीले जानकारी दिएको छ ।उनी आठ महिनाकी गर्भवती थिइन् र साउन पहिलो साता उनको बच्चा जन्माउने मिति थियो । प्रहरीले उनलाई सोमबारै पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *