बालुवाटारमा तीन दलको वैठक

भक्तपुर न्यूज

२७ असार २०७४ ५:४०

बालुवाटारमा तीन दलको वैठक

काठमाडौं, २७ असार । तेस्रो चरणको स्थानीय तहको चुनावको सुनिश्चताका लागि संविधान संसोधन प्रस्ताव अगाढि बढाउन अन्तिम गृहकार्य भैरहदा सत्तारुढ दल काँग्रेस र माअ‍ोवादीले एमालेसँग वार्ता भएको छ। आज विहान बालुवाटारमा तीन दलको वैठक भएको हो ।  असार मसान्तभित्र संसोधन प्रस्तावलाई संसदमा पेश गर्ने सरकारको तयारी छ । यसैका लागि एमालेको समर्थन खोज्न सत्तारुढ काँग्रेस–माअ‍ोवादीले प्रमुख प्रतिपक्ष दल एमालेसँग वार्ता गरेको हो ।
संसोधन प्रस्ताव टुंगाउन भन्दै मन्त्रीपरिषद् विस्तार पनि रोकिएको छ । तत्काल मन्त्रीपरिषद् विस्तार गर्दा संसोधन प्रस्ताव प्रभावित हुने सत्तारुढ दलको बुझाई छ । अव प्रधानमन्त्रीले संसोधन प्रस्तावको टुंगो लागेपछि मन्त्रीपरिषद विस्तार गर्नेछन् ।  हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विद्येयक प्रक्रियामा अगाडि बढ्ने बताएका थिए । प्रचण्डकै नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको थियो ।
सकेसम्म २९ गते संविधान संसोधन प्रस्ताव संसदमा पेश गर्ने सरकारी तयारी छ । संसोधन प्रस्तावमा राजपालाई आश्वस्त पार्ने सत्तारुढ दलको सूत्र पनि तयार भएको छ । विपक्षी एमालले भने संसोधनको विपक्षीमा आफुलाई उभाएको छ । एमाले र राजपाका नेतावीच पनि संसोधनको विषयमा कुराकानी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *