जगजित श्रेष्ठले अष्ट्रेलियाको नयाँ क्लबका लागि पहिलो गोल गरे

भक्तपुर न्यूज

२७ असार २०७४ ४:५२

जगजित श्रेष्ठले अष्ट्रेलियाको नयाँ क्लबका लागि पहिलो गोल गरे

काठमाडौं, २७ असार । नेपाल यू २३ टोलीका पूर्व–कप्तान जगजित श्रेष्ठले अष्ट्रेलियाको नयाँ क्लब नुनावडिङका लागि पहिलो गोल गरेका छन् । उनको क्लव नुनावडिङले एनपिएलमा आइतबार बालाराट सिटी एफसीलाई ३–१ ले हराउँएको हो ।
नुनावडिङको ३–१ को जितमा जगजितले तेस्रो गोल गरेका थिए । बालाराट सिटीका गोलकिपर पोसिजनमा नहुँदा जगजितले खाली पोस्टमा गोल गरेका थिए । मिडफिल्डबाट नुनावडिङका खेलाडीले मिलाएको पासमा जगजितले गोल गरेका थिए ।
सनसाइन बाट नुनावडिङ पुगेपछि जगजितले खेलेका पाँच मध्ये ३ खेलमा टोली विजयी भएको थियो भने २ खेलमा पराजित भएको छ । २० टोलीको सहभागिता रहेको एनपिएलका २२ खेलमा नुनावडिङ २४ अंकसहित आठौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *