यु १८ साफ फुटबलको खेल तालिका सार्वजनिक

भक्तपुर न्यूज

२७ असार २०७४ ४:४०

यु १८ साफ फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं, २७ असार । १८ वर्षमुनिको साफ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार समूह ‘ए’ मा भारत, बंगलादेश र भुटान छन् । त्यस्तै समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र नेपाल रहेका छन् ।
प्रतियोगिता आगामी असोज २ गतेदेखि ११ गतेसम्म भुटानको थिम्पुमा हुँदैछ । प्रतियोगितामा पाकिस्तान सहभागी हुने छैन । यसअघि दक्षिण एशियाली फुटबल खेलेको अफगानिस्तान मध्य एसिया फुटबल एशोसियसनमा आवद्ध भएकोले यो प्रतियोगिता खेल्ने छैन ।
नेपालको पहिलो खेल असोज ३ गते श्रीलंकासँग, दोस्रो खेल असोज ७ गते माल्दिभ्ससँग हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *