चट्याङ लागेर ६ जना घाइते

भक्तपुर न्यूज

२७ असार २०७४ ३:१०

चट्याङ लागेर ६ जना घाइते

नवलपरासी, २७ असार । जिल्लाको सुस्ता गाउँपालिकाको वडा नं ३ मर्चहवा गाउँमा चट्याङ पर्दा छजना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ओमप्रकाश दुषाध, दीपक शर्मा, अलिराजा शर्मा, वर्ष २८ की चन्द्रकला देवी कोइरी र वर्ष ५५ का भगन दुषाध रहेका छन् । एकजनाको भने नाम खुलेको छैन । सोमबार राती चट्याङ पर्दा उनीहरु घाइते भएका हुन् । घाइतेको उपचार शहीद स्मृति अस्पताल चौपतामा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *