धरान उपमहानगरपालिकामा एमालेको कब्जा

भक्तपुर न्यूज

२७ असार २०७४ ३:००

धरान उपमहानगरपालिकामा एमालेको कब्जा

धरान, २७ असार । सुनसरीको धरान उपमहानगरपालिकाको मतगणना गएराति सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका छन् । सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर बिजयी भए ।

उपमेयरमा एमालेकै मन्जु भण्डारी विजयी भइन् । उनले २१ हजार २ सय ५६ मत ल्याएन सफल भइन् । नेपाली काँग्रेसका मेयरका उम्मेद्वार तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गरे ।काँग्रेसकै उपमेयर श्यामा रेग्मीले १४ हजार ९ सय १७ मात्रै मत प्राप्त गरिन् । (माओबादी केन्द्रका मेयर उम्मेद्वार आइन्द्रबिक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याए ।

आठ दलिय गठबन्धनबाट उपमेयरका उम्मेद्वार संघीय समाजवादी फोरम नेपालका पारस काम्माङ राईले जम्मा ५ हजार १ सय ८१ मत प्राप्त गरेका छन् । धरान उपमहानगरपालिकाको मेयरमा ४ हजार ८ सय ७३ र उपमेयरमा ५ हजार ५३ मतान्तरले एमाले बिजयी भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *