चलचित्र २ रुपैयाँको अर्को नयाँ गीत सार्वजनिक
काठमाडौं, २६ असार । चलचित्र २ रुपैयाँको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । टलटल टल्क्यो जवानी बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र निश्चल बस्नेतलाई फिचरिङ गरिएको छ । साथमा ‘मिस तामाङ २०१२ सुमी मोक्तानलाई पनि हट अवतारमा भिडियोमा देख्न सकिन्छ ।
गीतमा आशिफ शाह, निश्चल बस्नेत र मिना निरौलाको स्वर छ । रोशन थापाको संगीत, एकतारे र सुरज शाही ठकुरीको शब्द गीतमा छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो भिडियोमा हरि हुमागाँइको छायांकन, लोकेश बज्राचार्यको सम्पादन छ । यो चलचित्र भदौ २३ गतेबाट नेपालभर रिलिज हुँदैछ ।
कुटुमा कुटु सुपारी दाना बोलको यो चलचित्रको अर्काे गीत अहिले नेपाली गीत संगीतमा आफ्नो भिन्दै स्थान बनाउन सफल भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५