नेवि संघका पूर्वउपाध्यक्ष शाह पक्राउ

भक्तपुर न्यूज

२६ असार २०७४ ९:११

नेवि संघका पूर्वउपाध्यक्ष शाह पक्राउ

काठमाडौं, २६ असार। करिब २ करोड ठगी गरेको आरोपमा नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह पक्राउ परेका छन् । उनलाई १५ दिन थुनामा राख्न अनुमति दिइएको छ ।

१ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै उजुरी परेपछि महानगरीय अपराध महाशाखाले शाहसहित चार जनालाई पक्राउ गरेको हो । जापान र अमेरिका पठाइदिन्छौं भनेर ठगेको उजुरी परेपछि पक्राउ गरिएको एसएसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।

जापान जान १० लाख र अमेरिका जान २० लाख लाग्ने भन्दै शाहले पैसा उठाएको भन्दै प्रहरीमा उजुरी परेको छ । अहिलेसम्म १ करोड ९७ लाख ठगी भएको उजुरी परेको छ तर, अरु पनि हुनसक्ने प्रहरीको आशंका छ ।

ठगी भएका अधिकांश युवायुवती सल्यानका छन् ।  ऋषिकेश जंग शाह पक्राउ परेको खबर पाएपछि उनीहरु अहिले पनि दैनिकजसो महानगरीय प्रहरी अपराध महाशाखामा धाउने परेका छन् । नेविसंघ पूर्वउपाध्यक्ष शाह पनि सल्यानकै हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *