विमललाई यू २३ टोलीमा कप्तानको जिम्मेवारी

भक्तपुर न्यूज

२६ असार २०७४ ५:४३

विमललाई यू २३ टोलीमा कप्तानको जिम्मेवारी

काठमाडौं, २६ असार । विमल घर्ती मगरको कप्तानीमा नेपालले एएफसी यू २३ च्याम्प्यिनसिप खेल्ने भएको छ । दुई वर्षअघि नेपालले साफ यू १९ च्याम्पियनसिपको उपाधि जित्दाका कप्तान समेत रहेका विमलले यसपटक पनि टोलीको नेतृत्व गर्ने मौका पाएका छन् ।

प्रशिक्षक राजुकाजी शाक्यले  २३ खेलाडीको अन्तिम छनोट गर्दै राष्ट्रिय टोलीमा समेत रहेको विमललाई कप्तानको जिम्मेवारी दिएका हुन्। यस्तै अर्का राष्ट्रिय खेलाडी अनन्त तामाङ टोलीको उप(कप्तान रहेका छन्। यही टोलीले मंगलबार काठमाडौंमा बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्नेछ।

युएईमा हुने च्याम्पियनसिप छनोट खेल्न नेपाल असार २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ। समूह ‘डी’ मा परेको नेपालले पहिलो खेल आयोजक युइएसँग ३१ गते खेल्नेछ। साउन २ गते उज्वेकिस्तान र त्यसको दुई दिनपछि समूह चरणको अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *