भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दोहोरो भिडन्त, ७ जनाको मृत्यु
एजेन्सी, २५ असार । भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा सातजनाको मृत्यु भएको छ । हिजो भएको दोहोरो भिडन्तमा सातजनाको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना पाकिस्तानको चिडी कोट क्षेत्रमा भएको हो ।
भिडन्तमा एक महिलासहित चारजनाको मृत्यु भएको समाचारमा उल्लेख छ । यस्तै हिजो नै नकयाल क्षेत्रमा पनि भारतीय सेनाको गोली लागेर एक महिलाको पनि मृत्यु भएको थियो ।
यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुईजना भारतीयको पनि मृत्यु भएको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिजो दिनभर काश्मिरका विभिन्न ठाउँमा प्रदर्शन तथा झडप भएको छ । त्यसक्रममा धेरै घाइते भएका छन् । घाइते हुनेमा तीन सुरक्षाकर्मी पनि रहेको सरकारी अधिकारीले बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४