दार्जिलिङमा प्रहरीले चलाएको गोली लागेर एकको मृत्यु

भक्तपुर न्यूज

२५ असार २०७४ ७:३७

दार्जिलिङमा प्रहरीले चलाएको गोली लागेर एकको मृत्यु

एजेन्सी, २५ असार । भारतको दार्जिलिङमा भाषा आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ । गोरखा जनमुक्ति मोर्चाले आफ्ना एक कार्यकर्ताको प्रहरीको गोली लागेर मृत्यु भएको पुष्टि गरेको छ ।
औषधि किनेर घर फर्किँदै गरेका बेला ति व्यक्तिमाथि गोली लागेको गोरखा जनमुक्ति मोर्चाले जनाएको छ । दार्जिलिङको सोनादा क्षेत्रमा रहेको प्रहरी चौकी अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरीले गोली चलाएको हो ।
प्रहरीले भने प्रदर्शनले उग्ररुप लिएकाले गोली चलाएको दाबी गरेको छ । दार्जिलिङमा गोरखा ल्याण्डको माग गर्दै अहिले भाषा आन्दोलन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *