काठमाडौंमा मानन्धर समाजको सिटि सेन्टर खुल्ने
भक्तपुर २५ असार । समाजका लागि आधुनिक युवा नामक संस्थाले प्रथमः परामर्श कार्यक्रम सम्पन्न गरेको छ । मानन्धर समुादयका लागि आर्थिक विकास लगायत सामाजिक दायित्व बारे शनिवार प्रथमः परामर्श कार्यक्रम सम्पन्न गरेको हो । सूर्यविनायक नगरपालिका वडा नं. ९ नङखेल स्थित होटल भ्यूमा आयोजित उक्त कर्यक्रम मानन्धरहरुको आर्थिक र सामाजिक विकास गरी समाज र राष्ट्रका लागि टेवा पु¥याउन सकिने सरोकारवालाहरुले व्यक्त गरे ।
कार्यक्रममा व्यवस्थापिका संसदका सदस्य रामबीर मानन्धरले उद्घाटन गर्दै मानन्धर समुदायले लामो समयदेखि व्यापार र व्यवसायमा संलग्न भएकाहरुले युवालाई उक्त व्यवसायमा संलग्न गर्दै जानुपर्ने बताए । हाम्रा पूर्खाहरुले गरेका कामलाई मात्र निरन्तरता दिने हो भने युवाहरुले कामका लागि विदेश धाउनु नपर्ने भन्दै उनले मानन्धरले पूर्खोदेखि गर्दै आएको तोरिको तेल उत्पादनालाई आधुनिकिकरया गर्दैै अगाडी बढ्नु पर्नेमा जोड दिए ।
डा.अरुण सायमिले नेपालमै पहिलो पिएचडी उत्तिर्ण गर्ने व्यक्ति नारायणबहादुर मानन्धर, मानन्धर समुदायकै भएको स्मरण गर्दै मानन्धर समाजसँग भएको शिप र योग्यताको कदर सरकारले गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै मान्धर समाजका ख्याति प्राप्त व्यक्तिहरुमा स्वः अभिनेता शिवशरण मान्नधर, सरकारद्वारा सबै भन्दा धेरै पदक प्राप्त गर्ने धावक बैकुण्ठ मान्धर, मिस नेपाल २०१५ का इभाना मानन्धर लगायतका व्यक्तिहरुले मानधर समाजाको गोरव बढाएको उनले जानकरी दिए ।
बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, केन्द्रिय मानन्धर समाजका अध्यक्ष देवकुमार मानन्धार, धावक बैकुण्ठ मानन्धर, चलचित्र निर्माता विनोद मानन्धर, क्याप्टेन राजन मानन्धर, कानुन व्यवसायि रामकृष्ण मानन्धर, बरिष्ठ व्यापारि गोपाल मानन्धर, प्राइम बैंकका सिइओ नारायणदास मानन्धर, शिक्षाविद् ज्ञानकाजी मानन्धर, पूर्व एसपि राजु मानन्धर पत्रकार केके मानन्धर, चरिकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामेश्वर मानन्धर र गायिका ललीता मानन्धर लगायतले मानन्धर समाजले राष्ट्रका लागि पु¥याएको योगदानका बारेमा चर्चा गर्नुृभएको थियो ।
कार्यक्रमका सभापति शिव मानन्धर र कार्यक्रमका संयोजक धर्मभक्त मानन्धरले कार्यक्रमको मुख्य उद्देश्य मानन्धर समाजको विकास गरी समाज र देशमा टेवा पु¥याउन देशभर छरिएर रहेका मानन्धर परिवारबाट लगानी गरी नेपालमा उद्योग र व्यापार व्यवसायको बृद्धि गर्नुपर्नेमा जोड दिए । त्यस्तै काठमाडौंमा मानन्धर सिटि सेन्टर खोल्ने योजनलाई साकार पार्न सबैको सहयोग आवश्यक रहेको र सहयोगका लागि सबैलाई आग्रह समेत गरे । कार्यक्रममा बैकुण्ठ मानन्धर, पूर्व मिस नेपाल, इभाना मानन्धर, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, चलचित्र निर्देशक विनोद मानन्धर, शिक्षा विद ज्ञानकाजी मानन्धर लगायत मानन्धर समुदायका तर्फबाट बिभिन्न क्षेत्रमा योगदान पुराउँदै अएकालाई सम्मान गरिएको थियो ।