९ स्थानको मतपरिणाम आउन बाँकी
काठमाडौं, २३ असार । दोस्रो चरणको निर्वाचन अन्तर्गत तीन प्रदेशका ३५ जिल्लामा ३३४ स्थानीय तहमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । ३३४ स्थानीय तहमध्ये अब ९ स्थानको मात्र मतपरिणाम आउन बाँकी छ ।
हालसम्मको परिणाम अनुसार एमाले अग्रस्थानमा छ । एमालेले १४६ स्थानमा विजयी हुँदै पहिलो स्थानमा छ। यस्तै, कांग्रेसले ११८ स्थानमा जित हासिल गरेको छ । माओवादी केन्द्र ३८ स्थानमा मात्र विजयी भएको छ । संघीय समाजवादी फोरम ८ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको छ ।
त्यस्तै, राप्रपा ४ स्थानमा विजयी हुँदा राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित हासिल गरेको छ । स्वतन्त्रले ३ स्थानमा जित हासिल गरेको छ ।
जारी ९ स्थानको मतगणनामा एमालेले अहिले पाँच स्थानमा अग्रता लिएको छ । कांग्रेसले चार स्थानमा अग्रता बनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
