अमिताभ र आमिर एकअर्कासँग भिड्दै
एजेन्सी, २१ असार । ईण्डियन फिल्म फेस्टिभल अफ मेलबर्न २०१७ मा अभिनेता अमिताभ बच्चन र आमिर खान एकअर्कासँग भिड्ने भएका छन् । यी दुई उत्कृष्ट अभिनेताको नोमिनेशनमा परेका हुन् ।
अमिताभ सिनेमा पिंकबाट र आमिर खान सिनेमा दंगलबाट यस विधामा नोमिनिज भएका हुन् । दुवै जना बलिउडका ठूला स्टार र फ्यान फलोअर्स पनि झण्डै उत्तिकै भएका कारण जित कस्को होला ? अर्थात यो अवार्ड कस्को पोल्टामा पर्ला ? भन्ने कौतुहलता यतिबेला धेरैको मनमा छ । अमिताभ र आमिर यतिबेला सिनेमा ठग्स अफ हिन्दोस्तानमा काम गरिरहेका छन् । यो सिनेमा मार्फत उनीहरुले पहिलो पटक स्क्रिन सेयर गर्दैछन् ।
त्यस्तै उत्कृष्ट अभिनेत्रीको नोमिनेशनमा अभिनेत्री आलिया भट्ट सिनेमा डियर जिन्दगीबाट नोमिनेट भएकी छिन् भने विद्या बालन सिनेमा कहानी २, तनिष्ठा चटर्जी सिनेमा रखमाबाई, काब्या माधवन सिनेमा पिन्नेयुम, रत्ना पाठक र कोंकणा सेन सिनेमा लिपिस्टिक अण्डर माय बुर्काबाट नामिनेशनमा परेका छन् ।