बस र ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना, ११ को मृत्यु
एजेन्सी, २१ असार । पाकिस्तानको उत्तरी प्रान्त पन्जावमा आज भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
पन्जाबको लायाह जिल्लामा यात्रुबहाक बस र ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ प्रहरी र उद्वारकर्ताको टोली घटनास्थलमा पुगेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मध्ये केहीलाई छिमेकी जिल्ला मुल्तानको ठूलो अस्पतालमा भर्ना गरिएको छ । अस्पताल प्रशासनले १४ जना घाइतेको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार एकले अर्कोलाई उछिन्न खोज्दा दुर्घटना भएको थियो । बसमा ५० जना यात्रु रहेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००