भक्तपुर अदालतको कैद सजायपछि सनराइज बैंकका मेनेजर फरार
भक्तपुर , २० असार । सनराइज बैंकमा चिफ मेनेजर अरुण पराजुली फरार भएका छन् । अदालतले दुइ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने र बिगो समेत भराउने फैसला सुनाएपछी उनी फरार भएका हुन् । नक्कली सरकारी छाप बनाई नागरिक उड्डयन प्राधिकरणको जग्गा किर्ते गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले उनलाई दोषी ठहर गरेपछि उनी फरार भएका हुन् ।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले पराजुुलीलाई दोषी करार गर्दे जरिवाना तथा कैदको सजाय सुनाएको थियो । उक्त सजाय सुनाउने बितिकै उनी फरार भएका हुन् । यस्तो त यसअघि सार्वजनिक जग्गा किर्ते र जालसाजी गरेको अभियोगमा उनी केहि समय जेल परेका थिए भने जेलबाट निस्किएको केहि समयपछी उनी सनराइज बैंकमा आवद्ध भएका थिए।
भारतीय बोर्ड अन्तर्गतको चार्टडएकाउन्टेन्सी अध्ययन गर्दै गरेका उनले सिए फाइनलको एक ग्रुप उतीर्ण गरेका छन् । सिएमा पटकपटक फेल भएपछि उनी अफगानस्थान गएका थिए । त्यहाँ अफगानस्थान इन्टर्नेशनल बैंकमा चिफ फाइनान्स अफिसरको रुपमा काम गर्न गएका थिए । नेपाल कमर्स क्याम्पसबाट मास्टर्ससमेत गरेका उनले त्यसपछि कृषि बिकास बैंकमा काम गरेका थिए ।
कृषि बिकास बैंकमा ट्रेजरी विभागमा काम गरेका उनले सिए फर्म टिआर उपाध्याय एण्ड कम्पनीमा समेत काम गरेका थिए । उनी निकट एक चार्टड एकाउन्टेन्टले दिएको जानकारी अनुसार उनी त्यसपछि एनआइसी एसिया बैंक हुँदै सनराइज बैंकमा कार्यरत हुन पुगेका थिए । केहि समय जेल परेको व्यक्ति भएको भएपनि सनराइज बैंकमा डेपुटी जनरल मेनेजर रोबिन नेपाल र सीईओ रत्नराज बज्राचार्यको संरक्षणमा उनी सनराइजमा आवद्ध भएको स्रोतको दावी छ।