मध्यपुरथिमिको पहिलो नगर सभा शुरु

भक्तपुर न्यूज

२० असार २०७४ १०:३८

मध्यपुरथिमिको पहिलो नगर सभा शुरु

भक्तपुर, २० असार । मध्यपुरथिमि नगरपालिकाको प्रथम नगर सभा आजबाट शुरु भएको छ । नगरको समग्र विकास निर्माणका योजना छनौटका साथै यी योजनाका लागि आबश्यक बजेट विनियोजनमा सभा केन्द्रीत रहने नगरपालिकाले जनाएको छ ।  मध्यपुथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आज एक कार्यक्रमकाबीच सभाको उद्घाटन गरेका हुन् ।

सभामा आज बैठक सन्चालन र प्रमाणिकरण कार्यविधि सम्बन्धि निर्णय पारित गरेको छ । आजदेखि शुरु भएको सभामा नगरप्रमुख श्रेष्ठ, नगर उपप्रमुख अन्जना मधीकर्मीका साथै नगरपालिकाका सबै वडाका अध्यक्ष सहितका पदाधिकारी र नगरका कार्यकारी अधिकृत नगरकार्यपालिकाका सदस्य लगायतको सहभागीता रहेको छ ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये सभा शुरु गर्ने मध्यपुरथिमि नगरपालिका अगाडी देखिएको छ । आज शुरु भएको भक्तपुरमा रहेका ४ वटा नगरपालिकामध्ये मध्यपुरथिमिको मात्रै सभा शुरु भएको हो । भक्तपुर, सूर्यविनायक, चाँगुनारायण नगरपालिकाको सभा कहिले गर्ने भन्ने एकिन भैसकेको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *