घट्यो सुनचाँदीको मूल्य आज
काठमाडौं, २० असार । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५४ हजार रुपैयाँ रहेको सुन आज ५ सय रुपैयाँले घटेर ५३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँले घटेको छ । हिजो ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि १५ रुपैयाँले घटेर ७ सय ३० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
