ठेकेदारको लापरबाहीले नागरिकलाई सास्ती

भक्तपुर न्यूज

२० असार २०७४ २:४३

ठेकेदारको लापरबाहीले नागरिकलाई सास्ती

भक्तपुर, २० असार । भक्तपुरको कौशलटारदेखि बालकोटसम्मको सडक बन्द हुँदा सर्वसाधारण नागरिकले सास्ती भोग्दै आउनु परेको छ । डिभिजन सडक कार्यालय भक्तपुर र सडक निर्माणको जिम्मेवारी लिएको ठेकेदारको लापरबाहीका कारण यो सडक बन्द हुँदा विरामी लिन गएका एम्बुलेन्ससमेत रित्तै फिर्किने गरेको नागरिकहरु बताउँछन् ।

एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च अधिकारीको बसोबास रहेको यस क्षेत्रकै सडकमा ठेकेदारको यस्तो लापरवाही देखिन्छ भने जिल्लाका अन्य सडक निर्माणको अबस्था कस्तो होला ? स्थानीय प्रश्नं गर्छन् ।

असारको मध्यमा बजेट सिध्याउनकै लागि सुर्यविनायक नगरपालिका २ बालकोट सडक कालोपत्र गर्ने भन्दै सडक बन्द गरिएको बताईएको छ । सडक बन्द भएकै कारण विहेको समयमा समेत बेहुला बेहली हिडेरै घर पग्ने गरेको बालकोटका स्थानीइ बताउँछन् । उक्त सडक तत्काल निर्माणका लागि नगरपालिकाको वडा कार्यालयमा माग गरिएको छ । तर वडा कार्यालयले नागरिकको समस्या र मागको सुनुवाई गरेको छैन एक स्थानीयले भने ‘कहिलेसम्म यसरी सास्ती पाउनुपर्ने हो ।’

सडककोे समस्याले यस क्षेत्रमा मात्रै नभई कमलविनायकदेखि नगरकोट जाने सडक आसपासका नागरिकले पनि सास्ती पाउँदै आएका छन् । कालोपत्रे र सडक फराकिलो पार्ने बहानामा उक्त सडक निर्माण ढिलाई गर्दा सडकको धुलोधुँवाले यहाँका नागरिकले सास्ती भोग्नु परेको हो ।

यस क्षेत्रका स्थानीयले पनि सडक तत्काल निर्माण गर्नुपर्ने माग राखेका छन् ।  यता सम्बन्धीत क्षेत्रका नगरपालिकाले भने नागरिककै समस्यालाई बुझेर निर्माणको काम जतिसक्दो छिटो सक्ने प्रास भैरहेको बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *