बस दुर्घटनामा ७ घाइते

भक्तपुर न्यूज

२० असार २०७४ २:१९

  बस दुर्घटनामा ७ घाइते

चितवन, २० असार । जिल्लाको इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुवाहक बस पल्टिँदा सातजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार, काठमाडौंबाट धनगढी आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई नालातर्फ पल्टिएको थियो । घाइतेको तनहुँको छिम्केस्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *