बस दुर्घटनामा ७ घाइते
चितवन, २० असार । जिल्लाको इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुवाहक बस पल्टिँदा सातजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार, काठमाडौंबाट धनगढी आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई नालातर्फ पल्टिएको थियो । घाइतेको तनहुँको छिम्केस्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
