सीप सिकेर आत्मनिर्भर बन्दै अपाङ्गता भएका महिला
। कुमार प्याकुरेल । दैलेख, १९ असार । कुनै समय चुलो चौकोमै सिमित हुने महिलाहरु पछिल्लो समय अन्य पेशा ब्यबसाय तर्फ पनि आबद्ध हुँदै गएका छन । पछिल्लो समय महिलाहरुले पनि बिभिन्न सिप सिकेर ब्यबसायीक हुँदै गएका छन । महिलाहरुले पनि सीप सिकेर आफ्नो खुट्टामा आफै उभिन सक्छन भन्ने प्रशस्तै उदाहरण खडा गरेका छन ।
महिलाहरु पछिल्लो समय सिलाई कटाईमा बढि आर्कषित हुँदै गएका छन । सामान्य लेखपढ गर्न सक्नेले पनि सिलाई कटाई पेशा अँगाल्न सक्ने तथा थोरै लगानीमा व्यबसाय सञ्चालन गर्न सकिने भएपछि उक्त पेशा प्रति महिलाहरुको आर्कषण बढ्दै गएको हो ।
अहिले घरेलु कार्यालयबाट दर्जनबढी यस्ता महिलाले विभिन्न खालका तालिमहरु लिएका छन् । केही सीप आफुलाई जिविकोपार्जन समेत हुने र आफुलाई खिन्नता पनि नहुने सोचले कार्यालयले सन्चालन गरेको ३ महिने सिलाई कटाई तालिममा सीप सिक्नमा ब्यस्त भएको बिर्मा रावत बताउँछिन् ।
उनी जस्तै थुप्रै महिला दिदी बहिनीहरू पनि अहिले सीप सिक्न भ्याई नभ्याई छ, बर्षातको समय छ माना रोपेर मुरि उमार्ने समयमा यतिबेला गाउँघरमा व्यस्त हुने महिला दिदी बहिनीहरू यतिबेला आफुले सीप सिकेर उक्त सिपलाई ब्यबहारमा परिणत गरी रोजगारमुलक दिर्घकालिन ब्यबसाय गर्न तर्फ आकर्षित भैरहेका छन् ।
अर्कि सहभागी कुसुम दर्जि भन्छिन्,पहिले देखिनै ब्यबसायिक सीप सिक्ने ईच्छा थियो,यहि सीप सिक्नको लागि सदरमुकाममा जानू पथ्र्यो तेसमा पनि भनसुनका आधारमा मात्र सीप सिक्नु पथ्र्यो, खर्च पनि धेरै लाग्थ्यो तर आज आफ्नै गाउमा आफ्नै घर दैलोमा यसरी सीप सिक्न पाउदा निकै नै खुसि लागेको रानीवनकी सहभागी कुसुम दर्जी बताउँछिन् । महाबु गाउँपालिकाको रानिवन २ मा लघुउघम बिकास कार्यक्रम क्षेत्रिय कार्यक्रम सहयोग कार्यालय सुर्खेतको आर्थिक तथा प्राबिधिक सहयोगमा सेती टेडिङ्ग एण्ड रिसर्च सेन्टर फिल्ड कार्यालय दैलेखले आयोजना गरेको ३ महिने सिलाई कटाई तालिम सन्चालन भैरहेको छ । उनीहरु यसै तालिममा सहभागी भैरहेका छन ।
जिल्लामा अहिले यहि कार्यक्रम अन्र्तगत ८० जनाले सिलाई तालिम लिएको घरेलु तथा साना उघोग बिकास समिति दैलेखका बरिष्ठ घरेलु अधिकृत परशुराम आचार्यले जानकारी दिए । सिलाई कटाई तालिम संगसैगै ढाका, अल्लो, बाँस, कुखुरा पालन, सिस्नो प्रसोधन जस्ता थुप्रै तालिम पनि दिदै आएको अधिकृत आचार्यले बताए ।