तिनाउ खोलामा डुबेर वृद्धको मृत्यु
पाल्पा, १९ असार । पाल्पाको तिनाउ खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा माथागढी–३ का ६० वर्षीय पूर्णबहादुर रखालको रहेको प्रहरीले जनाएको छ ।
खोलामा बगाएको स्थानीयले प्रहरीलाई खबर गरेपछि पानीबाट उनलाई निकालिएको प्रहरीको भनाइ छ । वैशाख १७ गते घरबाट हिँडेका रखालको हिजो मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
उनको शव अहिले जिल्ला अस्पताल पाल्पामा शव परीक्षणका लागि लगिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
