पेट्रोलियम पदार्थको मुल्य घट्यो
काठमाडौं, १९ असार । पेट्रोलियम पदार्थको मुल्य घटेको छ । नेपाल आयल निगमले गएराती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य घटाएको हो ।
पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर दुई दुई रुपैयाँ र ग्यासमा २५ रुपैयाँ घटाएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल ९८ र डिजल र मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ रहेको छ । यस अघि पेट्रोल सय र डिजल र मट्टितेल ७६ रुपैयाँ थियो ।
मुल्य घटेसँगै अब खाना पकाउने ग्यास प्रतिसिलिण्डर १३ सय ५० रुपैयाँ कायम भएको छ । यस अघि ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
