घर बनाउँने भुकम्पपीडितको संख्या बढ्दो

भक्तपुर न्यूज

१६ असार २०७४ ४:३२

घर बनाउँने भुकम्पपीडितको संख्या बढ्दो

काठमाडौं, १६ असार ।  स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै भूकम्प पुनर्निर्माणले गति लिन थालेको छ। निर्वाचन सम्पन्न भएपछि भूकम्प अति प्रभावित १४ जिल्लामा घर निर्माण सुरु गर्ने लाभग्राहीको संख्या बढ्ने क्रममा देखिएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइको तथ्यांकमा गत चैत मसान्तसम्म ४७ हजार नौ सय ३३ लाभग्राहीले निजी आवास निर्माण सुरु गरेका थिए। यो संख्या अहिले ९४ हजार दुई सय ४५ पुगेको छ। यस अवधीमा घर निर्माण सुरु गर्नेको सूचीमा ४६ हजार तीन सय १२ लाभग्राही थपिएका छन्।

पछिल्लो तथ्यांकअनुसार घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या २८ हजार सात सय ५७ पुगेको छ। चैत मसान्तसम्म यो संख्या २१ हजार ६ सय १९ थियो। यो सूचीमा पछिल्लोपटक सात हजार एक सय ३८ जना थपिएका हुन्। त्यस्तै, चैत २७ मा दोस्रो किस्ताको लागि निवेदन दिने लाभग्राही संख्या ३० हजार आठ सय ५४ रहेकोमा अहिले यो संख्या ५८ हजार एक सय २१ बढी पुगेको छ। तीमध्ये दोस्रो किस्ता भुक्तानीका लागि ४४ हजार लाभग्राहीको प्रमाणिकरण सम्पन्न भएको एकाईको तथ्यांक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *