अमिताभलाई भेटन जादैंछन् रजनीकान्त

भक्तपुर न्यूज

१५ असार २०७४ ३:१०

अमिताभलाई भेटन जादैंछन् रजनीकान्त

एजेन्सी १५ असार । । तमिल अभिनेता रजनीकान्त राजनीतिमा आउने चर्चा दिनप्रतिदिन बढ्दो छ। रजनीले यो विषयमा आधिकारीक घोषणा नगरेपनि बेलाबेलामा संकेत भने गर्दै आएका छन्। गत साता पनि उनले आफू राजनीतिमा आउन सक्ने कुरा संकेत गरेका थिए।

तर, उनका एक नजिकका साथीले यो कुरा नहुने दाबी गरेको भारतीय समाचारमाध्यमले जनाएका छन्। उक्त साथीले भनेका छन्, ‘रजनी यसमा केही उत्साहित भएका होलान् तर उनको परिवारले राजनीतिमा लाग्द दिदैंन। उनीहरूले रजनीलाई अमिताभ बच्चनको उदाहरण दिदैं आएका छन् जो राजनीतिमा लागेर पछुताएका छन्।’

यता, रजनी भने राजनीतिक सल्लाह तथा सुझाव लिन आफ्ना साथी अमिताभलाई भेट्न जाने भएका छन्। रजनीको निकट स्रोतकाअनुसार उनीहरू केही सातामै भेट्ने छन्। भेटमा रजनीले अमिताभसँग राजनैतिक करियर सुरूवात गर्ने, यसका सम्भावना तथा चुनौतिबारे सल्लाह तथा सुझाव लिने बताइएको छ। स्रोतका अनुसार रजनी राजनीतिमा आउन त्यति हतारिएका पनि छैनन्। उनी सबैकुरा बुझेर र मिलाएर विस्तारै आउने योजनामा छन्। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *