सुडान काण्डका दोषी राणा जेल चलान

भक्तपुर न्यूज

१४ असार २०७४ १३:००

सुडान काण्डका दोषी राणा जेल चलान

काठमाडौं, १४ असार । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताप राणा जेल चलान भएका छन् ।
सुडान घोटालाका आरोपित काठमाडौँ महानगरपालिका–४ कपन मार्ग लोसाल बस्ने राणा आज सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । राणालाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ ।
राणाले सजाय छुटका लागि सर्वोच्च अदालत पुगी आत्मसमर्पण गरेका हुन । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पु¥याएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ ।
राणालाई कसुरको मात्राअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जनही छ महिना कैद र रु ३० हजार जरिवाना ठहर गरेको सर्वोच्च अदालतले फैसला सुनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *