एक हप्तामा मतगणना सक्न निर्वाचन आयोगको निर्देशन

भक्तपुर न्यूज

१४ असार २०७४ १२:४७

एक हप्तामा मतगणना सक्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं, १४ असार । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना एक हप्ताभित्र सक्न निर्देशन दिएको छ । अधिकांश स्थानीय तहको मत परिणाम तीन दिनभित्रै आइसक्ने बताउँदै आयोगले धेरै मतदाता भएका जिल्लामा एक हप्ताभित्र परिणाम सार्वजनिक गरिसक्न निर्देशन दिएको हो ।
तीनवटा प्रदेश १, ५ र ७ नम्बर का ३३४ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज मतदान भइरहेको छ । मतदान सकिएपछि स्थानीय तहको केन्द्रमा मतपेटिका ल्याइनेछ र मतदान अधिकृतले राजनीतिक सहमतिमा गणना सुरु गर्न सक्नेछन् ।
आयोगले धेरै समूहहरु बनाउने र गणनाका लागि तालिम दिएर गणकहरु राख्न पनि सुझाव दिएको छ ।
पहिलो चरणको मतगणनामा केही स्थानमा विवाद आएको कारण अहिले निर्वाचन आयोगले मतगणना स्थलमा कडा सुरक्षाको व्यवस्था गर्न पनि निर्देशन दिएको छ । भरतपुर प्रकरण दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा पार्न आयोगले सुरक्षा निकायलाई समेत आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *