दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न
काठमाडौं, १४ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तगर्त आज तीनवटा प्रदेशका ३५ जिल्लामा मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोगले तोकेको समय विहान सात बजेबाट सुरु भई साँझ ५ बजे मतदान सम्पन्न भएको हो । निर्वाचनमा तीनै प्रदेशका मतदाताहरुले उत्साहपूर्ण रुपमा सहभागी भएर मतदान गरेका छन् । यद्यपी ५ बजेभित्रै लाइनमा बसेका मतदाताले भने मतदानको पालो नआउन्जेलसम्म मतदान गर्न पाउनेछन् ।
मतदानका लागि आज बिहानैदेखि मतदानस्थलहरुमा मतदाताको लामो भीड लागेको थियो । पूर्वी नेपालका केही जिल्लामा बिहानीपख पानी परेका कारण मतदान सामन्य प्रभावित भएपनि दिउँसोबाट मौसमले साथ दिँदा सर्वसाधारणले सहजै मतदान गर्न पाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००