भक्तपुर, खुल्ला विश्वविद्यालय

भक्तपुर न्यूज

१३ असार २०७४ १०:०८

भक्तपुर, खुल्ला विश्वविद्यालय

भक्तपुर । भक्तपुर नेपालीकालागि मात्र नभएर विश्व समुदायमाझ खुल्ला विश्वविद्यालयको रुपमा परिचित बन्दै आएको छ । कला, संस्कृति र सम्पदाको धनी सहरमा मात्र आफ्नो परिचियलाई सिमित पारको छैन भक्तपुरले । शैक्षिक क्षेत्रमा समेत  सवल पहिचान बनाउन सक्षम बनेको छ ।

विगतमा उच्च शिक्षाका लागि भौतारिनु पर्ने अवस्थाको अन्त्य गरिदिएको छ स्थानीय निकायबाट सञ्चालनमा आएका कलेज र अन्य स्थानका भन्दा सस्ता र सर्वशुलभ मूल्यमा अध्यापन गराउँदै आएका निजी कलेजहरूले । हाल निजी क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा बीच भक्तपुरमा खुलेका कलेजहरूले सबैको मुख बन्द गरिदिएका छन् अध्यापनको मामलामा । गरे के हुँदैन, निरन्तरको अभ्यासले के गर्न सकिँदैन भन्ने भनाईलाई प्रष्ट्याएका छन् उच्च शिक्षा प्रदान गर्दै आएका कलेजहरूले ।

विगत्का दिनमा भक्तपुरको शैक्षिक अवस्थाका बारेमा औंला ठड्याउनेहरू अहिले तैं चुप मै चुपको अवस्थामा छन् । भक्तपुरको शैक्षिक क्षेत्रको विकासमा आफ्नो जीवन समर्पण गरिरहेकाहरूको मूल्यांकन राज्यले त गर्न सकेन सकेन सरोकारवाला अन्य निकायहरूले समेत नगरेको गुनासो पोख्छ शिक्षा क्षेत्रमा आफ्नो जीवन समर्पण गरेका व्यक्तित्वहरू ।  परिक्षामा सवल नतिजा ल्याउँदै आएका विद्यालका प्राचार्यहरू भन्छन् नेपालको शैक्षिक क्षेत्रमा राम्रा पक्षको उचित मुल्यांकन हुन नसक्दा शिक्षा क्षेत्रमा सकारात्मक योगदान दिँदै आएकाहरूमा निराशा छाउनु स्वभाविक हो ।

राम्रोलाई सम्मान र गलतलाई कारवाही गर्न नसकेसम्म यस्तैक्रमले निरन्तरता पाईनै रहने छ । उनीहरूको गुनासो पनि एक प्रकारले जायज देखिन्छ शिक्षा क्षेत्रको वास्तविकतालाई नियाल्दा । राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी खेर गइरहेका बेला र निजी क्षेत्रको पहुँच सवल बन्दै आएका बेला निजी क्षेत्रको कामको मुल्यांकन गर्ने कसले ? जहाँबाट योगदान पु¥याए पनि त्यो त भक्तपुर र देशकै लागि हो तर पक्षपात पूर्ण व्यवहारले गर्दा शैक्षिक क्षेत्रमा राम्रो काम र योगदान दिँदै आएकाहरूमा समेत निराश पारेको आरोप लगाउँछन् उनीहरू ।

जे जस्तो भएता पनि सबैको राय एक रहेको छ भक्तपुरको शिक्षालाई विश्वस्तरिय शिक्षाको स्तरसम्म पु¥याउनु पर्छ ।
भक्तपुरले गरेको शैक्षिक प्रगती सबैका लागि प्रेरणा बनेको छ । यसले निरन्तरता पाउन सक्नुपर्छ । शैक्षिक क्षेत्रका साथै समाजमा रहेका विश्वस्तरिय पौरखी हात र मस्तिष्कको सदुपयोग गरेर भक्तपुरको ज्ञान विश्वलाई बाँड्न सक्नुपर्छ तब भक्तपुर वास्तवमै खुल्ला विश्वविद्यालयको प्रक्रियमा प्रवेश गर्ने जानकारहरू बताउँछन् । नेपाल र नेपालीलाई मात्र नभएर विश्व जगत्लाई शिक्षा दिन सफल कला संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै यसलाई पनि शैक्षिक पाटोमा समेट्न सके यो खुल्ला शिक्षाले खुल्ला विश्वविद्यालयलाई जीवनतता दिन थप योगदान दिने तर्फ सबैको ध्यान जान सके नेपाल र नेपालीले हानी होईन लाभ लिन सक्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *