झडपमा ५ घाइते

भक्तपुर न्यूज

१३ असार २०७४ ९:४८

झडपमा ५ घाइते

रुकुम १३ असार । सिस्ने गाउँपालिका–५ मा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०का कार्यकर्ताबीच गए राति भएको झडपमा पाँच जना घाइते भएका छन् । झडपका क्रममा कांग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । माओवादी केन्द्रका कार्यकर्ता कोठामा बसिरहेका अवस्थामा कांग्रेसका कार्यकर्ता गएपछि झडप भएको माओवादी सिस्ने गाउँपालिकाले जिकिर गरेको छ ।

कांग्रेसले भने आफ्ना कार्यकर्ता बाटामा हिँडिरहेको अवस्थामा वाइसिएलले आक्रमण गरेको बताएको छ । झडपका क्रममा कांग्रेसका टोपबहादुर शाही र रेशम बुढाथोकी तथा माओवादी केन्द्रका श्रीकुमार बुढाथोकी, गोरबहादुर थापा र केशव थापा घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये कांग्रेसका रेशमलाई जिल्ला अस्पतालमा सामान्य उपाचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *