मेसीको विहेमा रोनाल्डोले निम्तो पाएनन्

भक्तपुर न्यूज

१३ असार २०७४ ९:१७

मेसीको विहेमा रोनाल्डोले निम्तो पाएनन्

एजेन्सी १३ असार । विश्व चर्चित फुटबल खेलाडी अर्जेन्टिनाका लिओनल मेसीको विहे यसै साता हुँदैछ। आफू जन्मिएको रोसारियोको सान्ता फे भन्ने ठाउँमा उनी बच्चादेखिको साथी आन्टोनेला रोक्युजोसँग वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्।

यो जोडीबाट बिबाह पूर्व नै २ बच्चाको जन्म भइसकेको छ। विदेशी अखबारका अनुसार मेसीको विहेको पार्टी रोसारियोको सिटी सेन्टरस्थित क्यासिनो कम्पलेक्समा हुँदैछ। जहाँ २ सयको हाराहारीमा सुरक्षाकर्मीहरु तैनाथ रहने छन्। जसको जिम्मा अर्जेन्टिनी सेनाका पुर्व अधिकारीले लिएका छन्। निम्तालुबाहेक बाहिरका व्यक्तिलाई प्रवेश गर्न नदिन र कुनै अप्रिय घटना नहोस भनेर अहिलेदेखि नै आयोजना स्थलमा सुरक्षा व्यवस्था बढाइएको छ।

एस मिडियाका अनुसार आफ्ना समर्थकले वैवाहिक कार्यक्रमलाई कुनै झन्झट बिना आराम साथ हेर्न सकुन भनेर विवाह हुने ठाउँभन्दा बाहिर सुरक्षित स्थानमा ठूलो स्क्रिनको व्यवस्था गर्ने योजना रहेको छ। मेसी र आन्टोनेला ५ वर्षको उमेरदेखिका साथी हुन्। उनीहरुले २००८ देखि सँगै बस्ने निर्णय लिएका थिए। उनीहरुको ४ वर्षको छोरा थियागो र आउँदो सेप्टेम्बरमा २ वर्षमा प्रवेश गर्ने अर्को छोरा माटियो छन्। आन्टोनेला मेसीका बार्सिलोनाका सहपाठी लुइस सुआरेजकी श्रीमति सोफिया बाल्बीकी अनन्य मित्र हुन्। उनीहरु दुवै मिलेर केही समय अगाडि जुत्ताको सोरुम खोलेका थिए।

मेसीको विहेमा बार्सिलोनाका २१ जनै खेलाडीलाई निम्तो गरिएको छ। जसमा लुइस सुआरेज, नेइमार, इभान राकिटिक र सर्गियो बस्क्युट केही दिन अगाडि नै अर्जेन्टिना पुगिसक्ने बताइएको छ। पूर्व समकक्षी जाभी पनि उनीहरुसँगै हुने बताइएको छ। यस्तै, क्लबका चिकित्सक, मनोचिकित्सक र मसाजर र खेलाडीका लियाजो अफिसर पेपे कोस्टा पनि विहेमा उपस्थित हुनेछन्। मेसीलाई ३ वर्ष प्रशिक्षण दिएका लुइस एनरिकलाई उनले आफ्नो विहेमा निम्तो दिएका छैनन्। यस्तै, उनले प्रशिक्षकका सहायक हुवाँ कार्लोस उन्जो, रोबर्ट मोरेनो, राफायल पोल र ज्याक्विन भाल्डेसलाई पनि बोलाएका छ्रैनन्। उनको विहेमा बार्सिलोना क्लबको बोर्डका कुनै पनि सदस्यलाई निम्तो गएको छैन्।

क्लबका कप्तान आन्द्रे इनिस्टाले यसअघि नै मेसीलाई उनको विहेमा उपलब्ध नहुने जानकारी गराइसकेका छन्। यस्तै, मेसीकी हुनेवाला श्रीमति र आफ्नो पप स्टार प्रेमिका साकिराबीच लामो समयदेखि चलिरहेको झगडाका कारण डिफेन्डर गेरार्ड पिके पनि विहेमा उपस्थित हुने सम्भावना न्युन मानिएको छ। मेसीले विश्व फुटबलका अन्य खेलाडीलाई विहेमा निम्तो नगरेको बताइएको छ। जसमा पोर्चुगलका आफ्ना प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो पनि छन्। मेसीको विहे जुन ३० मा हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *