मतदाता अलपत्र

भक्तपुर न्यूज

१३ असार २०७४ ९:०३

मतदाता अलपत्र

ताप्लेजुङ १३ असार । ताप्लेजुङको उत्तरदक्षिण ओलाङचुङगोला लोकमार्गको लिङखिम स्थित सिस्नेखोला भिरमा पहिरो गएपछि भोट हाल्न गएका मतदाताहरु अलपत्र परेका छन् ।

फक्ताङलुङ् गाउँपालिका ३ मा गएरातिको अविरल वर्षासंगै खसेको पहिरोका कारण उक्त बाटो हुदै मतदान गर्न हिँडेका एक सय भन्दा बढी मतदाता अलपत्र परेको प्रहरीले बताएको छ । पहिरोका कारण सो सडक खण्डको करिव १० मिटर बाटो भत्किएको छ । जसका कारण बिहानै सो क्षेत्रमा छुटेका एक दर्जन भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *