मतदाता अलपत्र
ताप्लेजुङ १३ असार । ताप्लेजुङको उत्तरदक्षिण ओलाङचुङगोला लोकमार्गको लिङखिम स्थित सिस्नेखोला भिरमा पहिरो गएपछि भोट हाल्न गएका मतदाताहरु अलपत्र परेका छन् ।
फक्ताङलुङ् गाउँपालिका ३ मा गएरातिको अविरल वर्षासंगै खसेको पहिरोका कारण उक्त बाटो हुदै मतदान गर्न हिँडेका एक सय भन्दा बढी मतदाता अलपत्र परेको प्रहरीले बताएको छ । पहिरोका कारण सो सडक खण्डको करिव १० मिटर बाटो भत्किएको छ । जसका कारण बिहानै सो क्षेत्रमा छुटेका एक दर्जन भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
