दाङमा सेनाको गस्ती सुरू
काठमाडौं, १३ असार । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताले उम्मेद्वारका घर लगायत सार्वजनिक स्थलमा समेत वम राखेर आतंकित तुल्याएपछि दाङमा नेपाली सेनाले गस्ती सुरू गरेको छ।
तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घर र घोराहीमा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार जीवन गौतमको घरमा गए राति बम फेला परेको थियो। त्यसैगरी तुलसीपुरको वीपी चोक र घोराहीको ट्राफिक चोकमासमेत बम फेला परेको प्रहरीले जानकारी दिएको छ।
मतदानको अघिल्लो दिन सर्वसाधारण मतदातालाई आतंकित पार्ने गतिविधि बढ्न थालेपछि दाङमा सेनालाई गस्ति गर्न आग्रह गरिएको प्रहरीले जानकारी दिएको छ। यसअघि नै राष्ट्रपतिले समेत निर्वाचनको समयमा सेना परिचालन गर्न अनुमति दिइसकेकी छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४