गरिवी निवारणका हाकिम घेराउमा

भक्तपुर न्यूज

१३ असार २०७४ ६:००

गरिवी निवारणका हाकिम घेराउमा

दाङ, १३ असार । आचारसंहिताविपरीत मौन समयमा चुनावी प्रचारप्रसार र मतदातलााई प्रलोभनमा पार्न खोजेको भन्दै कांग्रेस सांसद डिल्ली चौधरी गरीवी निवारण कोषका कार्यकारी प्रमुख नहकुल केसीलाई तुलसीपुरका स्थानीयवासीले घेराउ गरेका छन् ।

गरिवी निवारण कोषको गाडीसमेत तुलसीपुर उपहानगरपालिका १७, भेलाहीका स्थानीयले केहीबेर कब्जा गरेका थिए । सोमबार साँझ भेलहीमा दोहोरो भनाभन भएपछि चौधरी केसी त्यहाँबाट बाहिरिएका थिए । सांसद चौधरीले एमाले र माओवादी कार्यकर्ताले आफूमाथि दुव्र्यवहार गर्न खोजेको बताएका छन् । गिरिवी निवारण कोषको साधन स्रोत चुनावमा मतदाता प्रभावित पार्न खर्च भएको आरोप एमाले र माओवादीका उम्मेवारले लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय