बम पड्किदा एकको मृत्यु
काठाडौं, १३ असार । आफैंले बोकेको बम विस्फोटन हुँदा कैलालीमा एक जना विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका ४ कैलालीपुल नजिकै खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा सोमबार राति ९ः५५ बजे उक्त बम बिस्फोटन भएको कैलाली प्रहरीले जानकारी दिएको छ ।
बम विस्फोटनमा परी घाइते भएका विप्लवका कार्यकर्ता २९ वर्षीय चन्द्र सिंहलाई प्रहरीले उद्धार गरेर तत्कालै अस्पताल पु¥याएको थियो । तर, सेती अञ्चल अस्पतालमा राति १२ः४० बजे सिंहको निधन भएको प्रहरीले जनाएको छ ।
आफैंले बोकेको बम विस्फोटन हुँदा उनको गुप्ताङ र अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनका हातका औंलासमेत चुँडिएका थिए । मृतक सिंह धनगढी १२ जुगेडा निवासी हुन् । उनी विप्लव समूहका कैलाली जिल्ला सदस्य हुन् । पूर्वमाओवादी नेता विप्लवले देशैभरि बमहरु राख्ने र तर्साउने गतिविधि गरिरहेका छन् ।
