पाटन सङ्ग्रहालय विस्तार हुँदै
ललितपुर, १२ असार । ललितपुरमा रहेको पाटन सङ्ग्रहालय विस्तार हुने भएको छ। अहिले केशवनारायण चोक र मूल चोकमा मात्रै रहेकामा सुन्दरी चोकसम्म फैलाउन लागिएको हो।
सङ्ग्रहालयका प्रमुख सुरेश लाखेका अनुसार सुन्दरी चोकको माथिल्लो तलामा सङ्ग्रहालय फैलाउन लागिएको हो। अहिले प्रकाश संयोजनको काम भइरहेको छ। एकरदुई महिनाभित्रै आगन्तुकका लागि सङ्ग्रहालय खुल्ला हुनेछ,”लाखेले भने। सङ्ग्रहालयमा भएका सामग्री फैलाउने भन्दा पनि नयाँ सामग्रीको सङ्कलन गर्ने काम भइरहेको छ।
सुन्दरी चोकमा हात्तीको दाँतबाट बनेको झ्याल रहेको छ र त्यसलाई पहिलोपटक सर्वसाधरणले हेर्न पाउने उनको भनाइ छ। भित्ते चित्र प्रदर्शनीमा राखिनेछ। सिद्धिनरसिंह मल्लको समयमा बनेको झ्याल ऐतिहासिक रुपले महत्वपूर्ण छ। सङ्ग्रहालय क्षेत्र विस्तार गरिँदा आगन्तुकले घुम्ने धेरै ठाउँ हुने र ज्ञान धेरै पाउनसक्ने लाखे बताउँछन्।
काठमाडौँ उपत्यका संरक्षण ट्रस्ट९केभीपीटी०ले प्रदर्शनीकक्ष बनाउने काम गर्ने भएको छ। प्रकाश संयोजन, सामग्रीको सङ्कलन लगायतका काम भने सङ्ग्रहालयले नै गर्ने बताइएको छ।