विद्युत अवरुद्धले दुई जिल्ला अस्तब्यस्त
खोटाङ, १द्द असार । तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा जिल्ला सञ्चारबिहिन बनेको छ । दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाईन अन्तरगतको विद्युत शनिबार बिहानदेखि अबरुद्घ हुँदा कुनै पनि किसिमका फोन चलेका छैनन् भने बिद्युत अभाबमा ईमेल, ईन्टरनेट ठप्प बनेको छ ।
बिद्युत नहुँदा स्थानीय छापा तथा बिद्युतीय सञ्चार माध्यम बन्द हुनका साथै फोन नचल्दा स्थानीय तहको निर्बाचानका गतिविधि तथा जानकारीमा समेत प्रभाब परेको छ । उदयपुरको चप्पन र बरुवाबीचमा समस्या आउँदा बिद्युत अवरुद्ध भएको अनुमान गरिएको छ । विद्युत अवरुद्ध हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन ।
नेपाल बिद्युत प्राधिकरण शाखा खोटाङका अनुसार वर्षा र हावाहुरीका कारण विद्युत अवरुद्ध भएको अनुमान गरिएको छ । अवरुद्ध विद्युत सुचारु गराउनका लागि गाईघाटबाट प्राविधिकको टोली खटिसकेको प्राधिकरणले जनाएको छ । विद्युत अवरुद्ध हुँदा खोटाङका ४० बढि गाबिसका उपभोक्ता र ओखलढुंगाका सेवाग्राही मारमा परेका छन् ।