७२ घन्टाका लागि भारतसँग सीमा जोडिएका सम्पूर्ण नाकाहरु बन्द
काठमाडौं, १२ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै आजबाट ७२ घन्टाका लागि भारतसँग सीमा जोडिएका सम्पूर्ण नाकाहरु बन्द भएका छन् ।
असार १४ हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सीमा नाकाहरु बन्द गरिएका हुन् ।
शान्ति सुरक्षालाई मध्य नजर गरी आपराधिक घटना हुन नदिने उद्देश्यले दुवैतर्फ सीमावर्ती क्षेत्रमा विशेष सुरक्षाको पनि व्यवस्थासमेत मिलाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
