स्मार्ट साइनबोर्ड राख्न ट्राफिकको माग

भक्तपुर न्यूज

१२ असार २०७४ ४:४९

स्मार्ट साइनबोर्ड राख्न ट्राफिकको माग

काठमाडौं, १२ असार । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिकासँग बस स्टपहरुमा स्मार्ट स्ट्रीट साइन बोर्ड राख्न प्रस्ताव गरेको छ । काठमाडौंका मुख्य बस स्टपहरुमा यात्रुलाई कहाँ जाने बस कहाँनेरबाट पाइन्छ भन्ने जानकारी नहुँदा समस्या भएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो अवधारणा ल्याएको हो ।

यसबारे महाशाखाका ट्राफिक प्रहरी प्रमुख डीआईजी मिङ्मार लामाले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलसँग छलफल गरेका छन् । लामाले डिजिटल स्वरुपको बस स्टप साइनबोर्ड तत्काल मुख्य बस स्टपहरुमा जडान गर्नुपर्ने बताए ।

‘सुन्धारा अघि बस कुरिरहेका यात्रु पेटी छाडेर रोडमै बस कहाँ जाने भन्ने सोध्न आइपुग्छन्’ लामाले भने, ‘बसहरु सडकमै यात्रु हाल्छन् । त्यहाँ धेरै यात्रु कहाँ जाने बस कहाँ रोकिन्छ भन्ने थाहा नपाएर अलमलमा हुन्छन् । अब यो समस्या राखिरहन हुँदैन ।’

लामाका अनुसार बस स्टहरुमा यात्रुले स्पष्ट रुपमा देख्ने गरी डिजिटल बोर्डह नराखेसम्म काठमाडौंको ट्राफिक जामको समस्या समाधान गर्न पनि यस किसिमको बार्ड राख्न जरुरी हुन्छ ।

यस्ता बोर्डहरु राखेर ट्राफिक कारवाही चुस्त नगर्दा जहाँ मन लाग्यो त्यँही बस र सार्वजनिक सवारी रोकेर यात्रु हाल्ने प्रचलन पनि बढेको ट्राफिक प्रहरीको निश्कर्ष छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय