भक्तपुरमा अनुगमन कडाई, कारबाही फितलो

भक्तपुर न्यूज

११ असार २०७४ १२:०८

भक्तपुरमा अनुगमन कडाई, कारबाही फितलो

भक्तपुर, ११ असार । सार्वजनिक स्थानमा हुने खुलेयाम सुर्तिजन्य पदार्थ विक्रि वितरण रोक्न जिल्ला स्तरीय अनुगमन समितिले कडाई गरेको छ । सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ कार्यान्वयन गराउने उद्देश्यका साथ प्रशासनको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त टीमले बजार अनुगमनलाई निरन्तरता दिएको हो । शिक्षण तथा स्वास्थ्य संस्था, तोकिएको सार्वजनिक स्थानको १ सय मिटरको आसपासमा खुला रुपले सुर्तिजन्य पदार्थ विक्री वितरण गर्ने क्रम नरोकिएपछि टोलीले अनुगमनका क्रममा सम्वन्धित व्यापारीहरुलाई आईन्दा यसरी नबेच्न चेतावनी समेत दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी हुमागाई नेतृत्वको टोलीमा जिल्ला स्वास्थ्य प्रमुख केशवराज पण्डित, प्रहरी निरीक्षक दिलबहादुर सुवेदी, नेपाल पत्रकार महासँघका अध्यक्ष पुस्कर बुढाथोकी लगायत सरोकारवाला निकायका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । उक्त टोलीले आज भक्तपुर नगरपालिकाका विभिन्न बजारका पसलहरुमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा भक्तपुरको खौमाबाट खुलेआम बिक्रि गरिरहेको अबस्थामा सुर्तिजन्य पदार्थ जफत समेत गरेको छ । सुर्तिजन्य पदार्थका कारण उत्पन्न हुने रोगका वारेमा जानकारी दिदै २१ वर्ष भन्दा कम उमेरका वालवालिका, महिला तथा गर्भवति महिलालाई सूर्तिजन्य पदार्थ विक्रि गरेको पाइएमा एक सय रुपैया जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । तर अहिलेसम्म भक्तपुरमा कसैमाथि कारवाही भने हुन सकेको छैन् ।

धुम्रपान तथा सूर्ति सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएकोले सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्रि, वितरण तथा सेवनले गर्ने कार्यलाई न्यूनिकरण, व्यवस्थित, नियन्त्रण तथा नियमन अभिवृद्धि गर्ने, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले अनुगमन कार्यलाई जिल्ला भरीका सवै विद्यालयमा आगामी दिनमा अनुगमन अझ तिव्र पारीने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *