यमनमा हैजाको महामारीले दुई लाख मानिस प्रभावित

भक्तपुर न्यूज

११ असार २०७४ ६:१८

यमनमा हैजाको महामारीले दुई लाख मानिस प्रभावित

एजेन्सी, ११ असार । यमनमा फैलिएको हैजाको महामारीले थप संकटको अवस्था आएको छ । अहिलेसम्म हैजाका कारण प्रभावित हुने मानिसको संख्या दुई लाख नाघेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
यमनमा हैजाको महामारीले निकै गम्भीर रुपमा लिएको संयुक्त राष्ट्रसंघीय बालकोस (युनिसेफ) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएका छन् । युनिसेफ र डब्लुएचओले संयुक्त वक्तव्य निकालेर यमनमा फैलिएको हैजाको महामारी विश्वमा फैलिएको अहिलेसम्मकै गम्भीर महामारी रहेको बताएका छन् । महामारी रोक्नका लागि सक्दो प्रयास गरिरहेको तर पनि नियन्त्रणमा आउन नसकेको उनीहरुको भनाई छ । अहिलेसम्म हैजाका कारण १३ सय भन्दा धेरैको मृत्यु भएको छ । त्यसमा एक चौथाइ बालबालिका छन् । हैजाका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिइएको छ ।
द्वन्द्वग्रस्त यमनमा दुई महिनाको बिचमा हैजा पूरै देशमा फैलिएको छ । हरेक दिन पाँच हजार हैजाका नयाँ बिरामी भेटिने गरेका छन् ।
सन् २०१५ देखि सरकारी सेना र हुथी बिद्रोहीबिच भएको द्वन्द्वका कारण खानेपानी र सरसफाईको अवस्था पतनको स्थितिमा पुगेको छ । द्वन्द्व समाधान गरी हैजाको महामारीमा रहेका मानिसको जीवन रक्षाका लागि एकीकृत प्रयासको खाँचो रहेको राष्ट्रसंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *